भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
काठमाडौँ । जाजरकोटमा गएको शक्तिशाली भूकम्पपछि भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बापतको रकम नेपाल आयल निगमले बेहोर्ने भएको छ । निगमले सो खर्च आफ्नो आर्थिक वर्ष २०८०र८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट बेहोर्ने निर्णय भएको जानकारी दिएको हो ।
कार्तिक १७ गते राती करिब ११ बजेर ४७ मिनेट जाँदा कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र बिन्दु भई विनाशकारी भूकम्प गएको र उक्त भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लाहरूमा समेत ठुलो जनधनको क्षति हुन पुगेको छ । भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा निगमले श्रद्धाञ्जली अर्पण गर्दै र घाइतेहरूको स्वास्थ्य उपचार लगायत तत्काल उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन सम्पूर्णमा अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण