फखर जमानको आक्रामक शतक, वर्षाले प्रभावित खेलमा पाकिस्तान विजयी
बैंग्लुरु । वर्षाले प्रभावित बनेको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई डीएलएस मेथडका आधारमा २१ रनले पराजित गरेको छ । पाकिस्तानको पालीको २६ औँ ओभरमा वर्षाले खेल रोकिएपछि डीएलएस मेथडका आधारमा विजेता चयन गरिएको हो ।
पाकिस्तानले फखर जमानको शतक र कप्तान बाबर आजमको अर्धशतकको मद्दतले २५.३ ओभरमा १ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । जमानले ८१ बलमा १ सय २६ रनको विस्फोटक पाली खेले । उनले ८ चौका र ११ छक्का हिर्काए । बाबरले ६३ बलमा ६६ रन बनाए । उनले छ चौका र २ छक्का प्रहार गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ४ सय १ रन बनाएको थियो । एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले बनाएको यो सबैभन्दा ठुलो योगफल हो ।
न्युजिल्याण्डका लागि युवा ब्याट्सम्यान रचिन रवीन्द्र नायक बने । उनले यो विश्वकपमा अर्को शतक बनाउँदै टोलीलाई ठुलो योगफलतर्फ डोर्याए । मात्र ९४ बलमा १ सय ८ रन बनाएका उनले १५ चौका र १ छक्का हिर्काए । योसँगै आफ्नो पहिलो विश्वकपमा नै तीनवटा शतक बनाउने उनी विश्वकै पहिलो खेलाडी बनेका छन् । न्युजिल्याण्डका लागि एउटै विश्वकपमा तीन शतक बनाउने पनि उनी पहिलो हुन् । उनलाई कप्तान केन विलियमसनले ९५ रन बनाउँदै राम्रो साथ थिए । शतकको नजिक पुगेर चुकेका विलियमसनले ७९ बलमा १० चौका र दुई छक्का हिर्काए ।
खेलको अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ग्लेन फिलिप्सले २५ बलमा ४१ रन बनाए । त्यस्तै मार्क च्यापम्यानले ३९ तथा डेभन कनवेले ३५ रनको योगदान दिए । पाकिस्तानका लागि मोहमद वसिमले ३ तथा हसन अली, इफ्तिकार अहमद र ह्यारिस राउफले १–१ विकेट लिए ।
जीतपछि पाकिस्तान नेट रन रेटका आधारमा अफगानिस्तानलाई उछिनेर पाँचौ स्थानमा उक्लिएको छ । तर अफगानिस्तानले एक खेल कम खेलेको छ । न्युजिल्याण्ड र पाकिस्तानको समान ८–८ अंक भए पनि न्युजिल्याण्ड चौथो स्थानमा कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण