लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई
शनिबार, १८ कात्तिक २०८०, २१ : ४३
बुटवल । लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिइएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले सो अवधिसम्म कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो।
कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किँदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री चौधरी ‘द एसेम्बली स्टेट अफ न्युयोर्क’ र अलबेनिक ३०औँ डिस्ट्रिक्ट’ गरी दुईवटा कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
-
‘नयाँ क्रियाशील सदस्यता अभियान’ सफल पार्न महिला सङ्घले खटायो प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण