आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पोल्यान्डमा नेपाली दूतावास खोल्ने सरकारको प्रक्रियाले सङ्घ संस्था खुसी

आइतबार, १९ कात्तिक २०८०, ०६ : २८
आइतबार, १९ कात्तिक २०८०

पोल्यान्ड । सरकारले पोल्यान्ड लगायत विभिन्न मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने प्रक्रिया अगाडि बढाए पछि पोल्यान्डमा रहेका नेपाली समुदायले खुसी व्यक्त गरेका छन्।

गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) पोल्यान्डका अध्यक्ष नरेश सापकोटा र महासचिव पवन खड्काद्वारा आज संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा पोल्यान्ड लगायत  विभिन्न मुलुकहरूमा कूटनीतिक नियोग (दूतावास) स्थापना गर्ने प्रक्रिया सुरु गरेकोमा नेपाल सरकारलाई धन्यवाद तथा आभार प्रकट गरेको छ। यो महान् कार्यका लागि पोल्यान्डमा क्रियाशील सङ्घसंस्थाको तर्फबाट एनआरएनए पोल्यान्ड नेतृत्व गर्दे सबै सहयोग गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपालमा गठबन्धन सरकारको प्रमुख घटक नेपाली काँग्रेसको विदेश स्थित सङ्गठन नेपाली जनसम्पर्क समिति पोल्यान्डका सभापति नारायण चालिसेले पोल्यान्ड जस्तो धेरै नेपाली रहेको मुलुकमा नेपाली दूतावास आवश्यक छ।ढिलै भए पनि नेपाल सरकारले पोल्यान्डमा दूतावास खोल्ने प्रक्रियाको स्वागत गर्दे संस्थागत सहयोग गर्न जनसम्पर्क समिति तयार रहेको बताए।

यसै गरी नेकपा एकीकृत समाजवादीको प्रवासको सङ्गठन प्रवासी नेपाली एकता मञ्च पोल्यान्डका अध्यक्ष रमेश लामा र सचिव निष्कर्ष लामाले प्रेस विज्ञप्तिमा जारी गर्दे  दूतावास स्थापना गर्ने सम्बन्धी मन्त्रिपरिषद्बाट चाँडो निर्णय गरी कार्यान्वयन गर्नका लागि माग गर्दे दूतावास स्थापनाले मजबुत कूटनीतिक संरचनामार्फत पोल्यान्ड र नेपालको द्विपक्षीय कूटनीतिक सम्बन्ध घनिष्ठ, मैत्रीपूर्ण एवं बहुआयमिक हुने विश्वास गरिएको भनेका छन्।नेपालमा वाम लोकतान्त्रिक गठबन्धन सरकारले गरेको यो निर्णयको हिस्सा हुन पाएकोमा आफ्नो सङ्गठन गौरवान्वित भएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्रीलाई प्रचण्डको पालामा पोल्यान्ड लगायत मुलुकहरूमा दूतावासको आवश्यकता महसुस गरी  प्रक्रिया अघि बढाइएकोमा पोल्यान्डका नेपाली समुदायको तर्फबाट आभार व्यक्त गर्दै र यसको सबै कानुनी प्रावधान चाँडो पूरा भएर कार्यान्वयन होस् जन प्रगतिशील मञ्च पोल्यान्डका अध्यक्ष विश्वास कट्टेलले बताए।

आफू एनआरएनए पोल्यान्डको अध्यक्ष हुँदा देखि नै पोल्यान्डमा नेपाली दूतावासको लिखित तथा मौखिक माग गरेका गरिएकोमा अहिले हाम्रो माग सम्बोधन भएको ठानेको छु भन्छन् एनआरएनए पोल्यान्डका पूर्व अध्यक्ष तथा आइसीसी सदस्य गोपाल राई। यसले पोल्यान्डमा रहेका नेपालीलाई सहजता र दुई देश बिचको व्यापारिक तथा कूटनीतिक सम्बन्ध बढ्ने उनको विश्वास छ।

नेपाली दूतावास पोल्यान्डमा आवश्यक थियो। यस कार्यको लागि इनास पोल्याण्को तर्फबाट नेपाल सरकारलाई धन्यवाद दिँदै यसको लागि समाजको तर्फबाट समर्थन र सहयोग हुने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोल्यान्डका अध्यक्ष विवेक पौड्यालले बताए।

पानी अभियन्ता मित्रलाल पार्दे पोल्यान्डमा बस्ने नेपालीहरूको लागि यहाँ दूतावास खुल्नु सुखद पक्ष भएको बताउँछन् । 

गत भदौ २५ र २६ गते काठमाडौँमा ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ विषयमा प्रधानमन्त्रीसहितको बैठक पछि सरकारले पोर्चुगल, पोल्यान्ड, रोमानिया, माल्टा, साईप्रस, क्रोएसिया, मालदिभ्स, टर्की लगायतका मुलुकमा ड्राई पोस्टिङमार्फत दूतावास स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप