युद्धविराम अस्वीकार गरेपछि टर्कीले इजरायलबाट राजदूत फिर्ता बोलायो
अंकारा । टर्कीले इजरायलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । इजरायलले हमाससँग युद्धविराम गर्न अस्वीकार गरेपछि इजरायलले यस्तो निर्णय गरेको हो ।
यसबारे घोषणा गर्दै टर्कीको विदेश मन्त्रालयले भन्यो, ‘गाजामा इजरायलले सर्वसाधारणमाथि गरेको हमलापछि उत्पन्न भएको त्रासदीलाई ध्यानमा राख्दै त्यस्ता आक्रमण रोक्न आवश्यक थियो। तर इजरायल युद्धविरामका लागि तयार छैन।’
सन् २०२२ मा साकिर ओज्कान टोरुनलरलाई टर्कीका लागि राजदूत बनाएको थियो । यसअघि सन् २०१८ मा पनि इजरायलले धेरै प्यालेस्टिनीहरूको हत्याको विरोधमा आफ्नो राजदूतलाई फिर्ता बोलाएको थियो । त्यसपछी २०२२ मा टोरुनालरलाई राजदूतका रूपमा पठाइएको थियो।
टर्कीको यो निर्णयले इजरायलसँगको सम्बन्धमा थप तनाव ल्याउन सक्ने आँकलन गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यसअघि गाजामा आक्रमण जारी रहेमा इजरायली राष्ट्रपति बेन्जामिन नेतान्याहुसँगको सम्पर्क तोड्ने बताएका थिए । एर्दोगानले टर्की मिडियालाई भने, ‘नेतन्याहु अब कुरा गर्न लायक व्यक्ति रहेनन्। हामीले तिनीहरूलाई अस्वीकार गरेका छौँ।’ यसअघि टर्की, जोर्डन र बहराइनले पनि इजरायलबाट आफ्ना राजदूत बोलाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण