लघुकथा : च्याङ्ग्रो
“हामी त बूढाबूढी भयौँ । माछामासु खान छाडेको पनि दस वर्ष भयो । बाबुनानीहरुलाई भए पनि च्याङ्ग्रो ल्याउनु पर्दैन ?” नवमीको दिन बुबाले नाति नातिनीतिर हेर्दै भन्नु भयो ।
हामी सानो हुँदा बुबाले च्याङ्ग्रो डो¥याएर आउँदा हामी औधी रमाउने गर्दथ्यौँ । हाम्रो घरमा सानोतिनो सरकारी जागिर खाने परम्परा हजुरबुबाको पालादेखि नै सुरु भएको रहेछ ।
“हजुरबुबा पनि मिलिसिया सिपाई हुनुहुन्थ्यो र बेलाबेला तोडा चलानमा जानुहुन्थ्यो ।” हजुरआमाले भनेको पटक पटक सुने पनि अर्थ बुझिन ।
हालको नेपाल राष्ट्र बैंकको तोडा चलान कार्यसँग यसको सम्बन्ध थियो कि थिएन थाहा भएन ।
बुबाले पनि गाउँमा प्राविमा पढाउनु हुन्थ्यो । जागिर स्थायी भयो भनेर जेबि चकलेट बाँड्नु भएको अझै याद आउँछ ।
“ला बूढी यो अलग राख । यो दसैँ खर्च हो सरकारले दिएको ।” भन्दै आमालाई दिनु हुन्थ्यो ।
दसैँमा हाम्रा लत्ताकपडा, मरमसला, चानचुन पैसा र धुरीपालीको मर्मत गरेर च्याङ्ग्रो घिच्च्याउन त्यही आमालाई राख्न दिएको पैसाले भ्याउनु हुन्थ्यो बुबाले ।
म पनि सरकारी जागिर खाइ टोपलेको मान्छे हुँ । तर, बिचारा मेरो दसैँ खर्च फूलपाती अष्टमी त देख्नै पाउँदैन ।
“के ल्याइस् त्यो ?” बुबाले मेरो हातमा झुण्डिएको प्लास्टिकको झोलातिर देखाउँदै सोध्नु भएपछि म झसङ्ग भएँ । झट्पट् मैले जवाफ दिएँ, “च्याङ्ग्रो ।”
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण