नेपाल मेरो मुटुमा हाँस्छ
आइतबार, १९ कात्तिक २०८०, १२ : ४६
म देख्छु सपना नयाँ नेपालको
तिम्रो र मेरो सुख र आनन्दको
सीताको पावनता अनि बुद्धदीपको
सधैँ झुल्कने एक नयाँ बिहानीको ।
म देख्छु सपना जीवन्त जिन्दगीको
जहाँ फुल्छ फूल माया र स्नेहको
सबै जिउने यहाँ मुहान होस् पवित्र
देख्छु जिन्दगीको म हरेक रंग रुप ।
नदी र नाला कलकल ध्वनिको
पहाड र कन्दरा सुवास मिठो
चिरचिर चिरचिर आनन्द नादको
सुनी रहुँझैँ त्यो हरियो उप–वनको ।
तन्नेरी मन जुरुक्क हुन्छ
वृक्षको लहरझैँ उन्मुक्त नाच्छ
लता र झाडी पंक्षीको गीत
नेपाल मेरो मुटुमा हाँस्छ ।
बकैया–९, मकवानपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण