वीर अस्पतालको कर्मचारी भर्ना रद्द गर्न माग
काठमाडौँ । वीर अस्पतालले करारमा कर्मचारी माग गर्दै आह्वान गरेको सूचना रद्द गर्न माग गरिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्वीकृत दरबन्दी अन्तर्गत वीर अस्पतालमा करारमा कर्मचारी भर्ना गर्नेगरी गत कात्तिक १० गते निर्णय गरी दरखास्त बुझाउने अन्तिम दिन कात्तिक १७ गते १२ बजेतिर नयाँ सर्जिकल भवनमा टाँसिएको थियो ।
तर आवेदन बुझाउने अन्तिम दिनमात्र सूचना सार्वजनिक गरिएको आरोप लगाउँदै प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, राष्ट्रिय सतर्कता केन्द्रमा अस्पतालका केही कर्मचारी र निवेदकहरूले सूचना रद्द गर्न माग गरेका छन् ।
सूचना अनुसार कात्तिक १९ गते अर्थात् आज अन्तरवार्ताको मिति राखिएको थियो । ‘निवेदक र कर्मचारीले माग गरे अनुसार रद्द हुने भयो कि कति जना निवेदनकलाई अन्तरवार्ता लिनुभयो भन्ने रातोपाटीको प्रश्नमा अस्पतालका सूचना अधिकारी बाबुराम घिमिरेले कर्मचारी भर्ना प्रक्रियामै रहेको र यसमा थप कुरा खुलाउन नमिल्ने बताए ।
हालसम्म सूचनाका आधारमा कति जनाले आवेदन दिए भन्ने उनले खुलाएनन् । अस्पतालले मेडिकल ल्याब टेक्निसियन, ल्याब टेक्निसियन, इलेक्ट्रिसियन, प्लम्बर, लिफ्ट असिस्टेन्टसहित १३ जना कर्मचारी माग गरेको थियो ।
अस्पतालले असोज २१ गते २२१ जना कर्मचारी हटाएको थियो । त्यस समयमा कोरोना महामारीकालमा फ्रन्टलाइन खटिएका कर्मचारीलाई दसैँको मुख निकालिएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतको विरोध भएको थियो ।
मन्त्री बस्नेतले तलब खुवाउन समस्या भएकाले ती कर्मचारीलाई बिदाइ गरिएको बताएका थिए । तर, असोज २८ गते दसैँ बिदामा आकस्मिक सिनेट बैठक राखेर ६३ जनाको दरबन्दी सिर्जना गरिएको थियो । सोही आधारमा कात्तिक १० गतेको बैठकबाट ७ दिने सूचना बनाइ १७ गते शुक्रबार नयाँ भवनको भित्तामा टाँस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण