भक्तपुरबाट १० जना जुवाडे पक्राउ
आइतबार, १९ कात्तिक २०८०, १६ : ३१

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिकाबाट प्रहरीले १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३ बंशगोपाल स्थित नारायण श्रेष्ठको घरमा संचालित जुवा खालबाट जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा काभ्र्रे घर भएका बुद्ध लामा, सागर लामा, कुमार तामाङ, चित्र बहादुर तामाङ, भिम बहादुर लामा, जिबन लामा, बुद्धमान तामाङ, सबिन तामाङ, सिन्धुपाल्चोक घर भएका बिर बहादुर तामाङ र ललितपुरका मदन लामा छन् ।
जुवा खालबाट २५ हजार ६५५ रुपैयाँ नगद र २ बुक तास बरामद गरिएको डिएसपी पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटा तस्बिरले कति फरक पार्न सक्छ र...
-
‘मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो’
-
गोर्खा कपको तयारी अन्तिम चरणमा, अनुमानित खर्च ९० हजार पाउण्ड
-
रोमानियाको चुनावमा ईयू समर्थक उम्मेदवार विजयी
-
बागमती प्रदेशसभा बैठक आज बस्दै, संसद् चल्न नदिने रणनीतिमा प्रतिपक्षी दल
-
कोशीमा बेरुजु रकम घटे पनि प्रतिशतका आधारमा छैन सन्तोष गर्ने ठाउँ