भूकम्प पीडित राहत कोषका लागि उड्डयन प्राधिकरणले १ करोड दिने
आइतबार, १९ कात्तिक २०८०, १७ : ३५

काठमाडौँ । पश्चिम नेपालको भूकम्प पीडित राहत कोषका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प पीडितलाई सहयोग स्वरूप प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १ करोड जम्मा गर्ने घोषणा गरेको हो ।
साथै नेपालगंज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने वायुयानहरुको शुल्कमा सतप्रतिशत छुट दिने घोषणा समेत प्राधिकरणले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
तीन वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’