काठमाडौँ ल्याइएका भूकम्पमा परी घाइते भएकाको अवस्था सामान्य
काठमाडौँ । भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिए ।
भूकम्पबाट घाइते भएकामध्ये छ महिला, दुई पुरुष र २१ दिनको शिशुलाई थप उपचारका लागि शनिबार काठमाडौँ ल्याइएको थियो । पचपन्न वर्षीया मैना ओली, ६२ वर्षीया साबित्री चन्द, २० वर्षीया सुशीला बुढा, २० वर्षीया विमला ओली (बुढाथोकी), १२ वर्षीया निरुता पुन, ६३ वर्षीया बाली बुढाथोकी, सीता पाण्डेको २१ दिनको शिशू, एक वर्षीय रिषभ बुढाथोकी र २२ वर्षीय गोपाल बुढाथोकीको उपचार जारी छ ।
शुक्रबार रातिको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ । सो घटनामा जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भूकम्पमा परी जाजरकोटमा एक सय १२, रुकुममा एक सय ३२, जुम्लामा पाँच, दैलेख र बैतडीमा तीन/तीन तथा सल्यान र रोल्पामा एक÷एक गरी दुई सय ५७ घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण