पाकिस्तानको कपास उत्पादनमा ८२ प्रतिशतले वृद्धि
इस्लामावाद । पाकिस्तानमा कपास उत्पादनमा गत वर्षको तुलनामा ८२ प्रतिशतले वृद्धि भएको पाकिस्तान कपास जिनर्स एसोसिएसनले आइतबार जानकारी गराएको छ ।
गत वर्ष बाढी र भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेपछि ३७ लाख भारी उत्पादन भएको कपास यस वर्ष अक्टोबर ३१ सम्ममा नै करिब ६८ लाख भारी उत्पादन भई देशभरका जिनिङ फ्याक्ट्रीमा आइपुगेको छ ।
गत वर्ष लगभग पूरै बाली गुमाएको दक्षिण सिन्ध प्रान्तमा यस वर्ष कपास उत्पादनमा १३२ प्रतिशतले वृद्धि भएको सङ्घले जनाएको छ ।
उत्पादनमा वृद्धि भए तापनि, देशले अझै पनि कपडा उद्योगको आवश्यकता पूरा गर्न कपास आयात गर्न आवश्यक छ ।
सङ्घीय कृषि समिति तय गरेको लक्ष्यअनुसार पाकिस्तानलाई टेक्सटाइल क्षेत्रमा खपतका लागि एक करोड १५ लाख भारी कपास आवश्यक पर्छ ।
यस वर्ष कपासको कुल उत्पादन करिब ९५ लाख भारी हुने अनुमान गरिएको छ भने कपडा व्यवसायीले थप २० लाख भारी आयात गर्नुपर्ने सङ्घले जनाएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण