जाजरकोटमा मृत्यु हुनेको संख्या घट्यो !
काठमाडौँ । जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेहरूको संख्या घटेको छ । यसअघि १०५ जनाको मृत्यु भएको भनिए पनि मृतक संख्या १०१ जना यकिन भएको छ । नलगाड नगरपालिकामा घर भएर भेरी नगरपालिका स्थित खलंगा बजारमा मृत्यु भएकाहरूको नाम दोहोरो परेको हुनाले संख्या कम भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु खलङ्गामा भएपनि नलगाड नगरपालिकाले पनि मृतकको सूचीमा उनको नाम राखेको पाइएको छ ।
चार जना मृतकको नाम दोहोरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए । जाजरकोटमा अहिलेसम्म १०१ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरूको जिल्ला अस्पताल जाजरकोटमा पोस्टमार्टम गरिएको छ । मृतक ९५ जनाको शव आफन्तहरूलाई बुझाएको र ६ जनाको शव जाजरकोट अस्पतालमा रहेको डिएसपी रोकाले जानकारी दिए । ६ जना मृतकका परिवारका सदस्य वैदेशिक रोजगारीबाट फर्कँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण