शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्नको सट्टा आवश्यक सामानमा जोड दिन जनार्दन शर्माको आग्रह

मङ्गलबार, २१ कात्तिक २०८०, १० : ३२
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद तथा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्नको सट्टा आवश्यक सामानमा जोड दिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् । 

‘काम बिस्तारै हुन्छ भन्ने अबस्था नरहेकोले आवश्यक सामाग्रीहरु तत्कालै उपलब्ध गराउन र नेताहरुले प्रभावित क्षेत्रको भ्रमण गर्नको सट्टा आवश्यक सामानमा जोड दिन अनुरोध छ’, शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा माटोले जोडेका घर भएकाले हजारौँ घरहरु भत्किएका र चिरा परेर बस्न नहुने भएको शर्माको भनाइ छ । ‘माटोको जोडाइ भएका घरमा रेट्रोफिटिङ गर्ने पनि असम्भव हुने भएकाले यो क्षेत्रमा बसोबास गर्ने घर बाहिर नै रहेका छन्’, शर्माको भनाइ छ । 

शर्माका अनुसार सरकारको स्टोर वाट प्राप्त १० हजार थान त्रिपाल (जाजरकोट र रुकुम पश्चिममा ५/५ हजार थान) सोमबारमात्र पुगेको छ ।  उनका अनुसार तिन जिल्लालाई २५ हजार थान भन्दा बढी त्रिपाल आवश्यक देखिएको छ । तर, १० हजार थान सरकार र अन्य २/३ हजार थान विभिन्न संघ सस्था र दाता बाट आएको देखिएको शर्माले बताए । 

 चिसो मौसमका कारण भूकम्पबाट प्रभावित जनताको अबस्थालाई ध्यान दिन तत्काल त्रिपाल, कम्मल, म्याट आवश्यक भएको भन्दै शर्माले सहयोगका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप