बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

निफ्राले ४ प्रतिशत नगद लाभांश दिने

मङ्गलबार, २१ कात्तिक २०८०, ११ : २२
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौं । पूर्वाधार विकास बैंकले ४ प्रतिशत नगद लाभांश दिने भएको छ । सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

आर्थिक वर्षको नाफाबाट कूल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीबाट ४.२१०५ प्रतिशत बराबर ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ नगद लाभांश (करसहित) वितरण गरिने निफ्राले जनाएको छ । 
उक्त लाभांश बैंकको आगामी साधारणसभाबाट पारित भएपनि केन्द्रीय बैंकको स्वीकृतिपछि सेयरधनीहरुमा वितरण हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप