हमासको बलियो किल्ला कब्जा गरेको इजरायलको दाबी
मङ्गलबार, २१ कात्तिक २०८०, १५ : ०१
काठमाडौँ । इजरायलको सेना (आइडीएफ) ले सोमबार उत्तरी गाजा पट्टीमा हमासको बलियो किल्ला कब्जा गरेको दाबी गरेको छ। इजरायलका अनुसार यस अवधिमा एन्टी-ट्याङ्क मिसाइल र लन्चप्याडहरू र ठुलो मात्रामा हतियारहरू बरामद गरिएको छ ।
इजरायली सेनाले हमासले आफ्नो गुप्तचर र प्राविधिक नेटवर्क चलाउँदै आएको केही लक्ष्यहरूलाई पनि निशाना बनाएको बताएको छ । अल कुड्स अस्पताल नजिकैको भवनमा हमास लडाकुहरू लुकेको पनि आईडीएफले दाबी गरेको छ ।
इजरायलले उक्त भवनलाई निशाना बनाएर हवाई हमला गरेपछि विस्फोट भएको बताउँदै यसले त्यहाँ हतियारको भण्डार रहेको देखाउने जिकिर गरेको छ । इजरायलले खान युनुस क्षेत्रमा बम विस्फोट भएको उल्लेख नगरे पनि त्यहाँ ठुला विस्फोट भएको जानकारी बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण