केसी नेतृत्वको एनआरएनएद्वारा राहत सामग्री वितरण
काठमाडौँ । डा बद्री केसीको नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका भूकम्प प्रभावितहरुलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।
संघका महासचिव गौरीराज जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा गैरआवासीय नेपाली संघको तर्फवाट भूकम्प पीडित घरपरिवारहरुको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । संघले त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ ।

राहत सामाग्री वितरणमा संघका अध्यक्ष डा केसी र महासचिव जोशीसहित उपाध्यक्ष राज रेग्मी, महिला उपाध्यक्ष रोजिना प्रधान, उपमहासचिव प्रविन गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना लगायत पुगेको बताइएको छ । यसैबीच विनोद कुँवर नेतृत्वको एनआरएनएले पनि पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा राहत वितरण गर्ने तय भएको छ । यस्तै आरके शर्मा नेतृत्वको एनआरएनएले पनि राहत सामग्री मंगलबार नै वितरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण