शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पुनर्बीमा कम्पनीद्वारा भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख सहयोग

मङ्गलबार, २१ कात्तिक २०८०, १९ : २५
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँको सहयोग गरेको छ । 

कम्पनीले आज आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थ मन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो । 

कम्पनीले दसौँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । १७ गते राती जाजरकोट केन्द्रबिन्दु भई ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि उत्पन्न मानवीय हताहती एवं आर्थिक क्षतिका कारण निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरेको हो ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले १७ गते दिउँसो रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कम्पनीका सीईओसहित ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ८० जनाले सहभागिता जनाएकामा ६८ जनाले रक्तदान गरेका हुन् । रक्तदाताप्रति नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आभार व्यक्त गरेको छ ।

साथै, कम्पनीले आज बिहान सम्पन्न गरेको प्रभातफेरि कार्यक्रममा सहभागी भएका सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप