नेपाल पुनर्बीमा कम्पनीद्वारा भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख सहयोग
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँको सहयोग गरेको छ ।
कम्पनीले आज आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थ मन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो ।
कम्पनीले दसौँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । १७ गते राती जाजरकोट केन्द्रबिन्दु भई ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि उत्पन्न मानवीय हताहती एवं आर्थिक क्षतिका कारण निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरेको हो ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले १७ गते दिउँसो रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कम्पनीका सीईओसहित ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ८० जनाले सहभागिता जनाएकामा ६८ जनाले रक्तदान गरेका हुन् । रक्तदाताप्रति नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आभार व्यक्त गरेको छ ।
साथै, कम्पनीले आज बिहान सम्पन्न गरेको प्रभातफेरि कार्यक्रममा सहभागी भएका सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण