आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलको समर्थन गरेको भन्दै टर्कीको संसद्‍मा कोकाकोला र नेस्लेमाथि प्रतिबन्ध

बुधबार, २२ कात्तिक २०८०, १० : ५२
बुधबार, २२ कात्तिक २०८०

अंकारा । टर्कीको संसद्का अध्यक्षले ‘इजरायलको आक्रामकता’ को समर्थन गर्ने कुनै पनि कम्पनीको उत्पादनलाई प्रयोग नगर्ने बताएका छन् । टर्कीको सञ्चारमाध्यम टीआरटीका अनुसार नोमान कर्तुलमसले मंगलबार देशको उत्तरी प्रान्त ओरदूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै टर्की ग्रान्ड नेशनल एसेम्ब्ली (टीबीएमएम) मा इजरायलको आक्रामकतालाई समर्थन गर्ने कुनै पनि कम्पनीको उत्पादन प्रयोग नगर्ने बताएका हुन् ।

‘अबदेखि हामी यस्तो गर्छौँ, तर पहिले नै खरिद गरिएको उत्पादनलाई चाहिँ फ्याँक्नभएन,’ उनले भने । कर्तुलमसले त्यस्ता कम्पनीहरूको सिधै नाम नलिए पनि रोयटर्सको रिपोर्टअनुसार टर्कीको संसद्ले कोकाकोला र नेस्लेको उत्पादनलाई बहिस्कार गरेको छ ।

रोयटर्सले स्रोतलाई उद्धृत गर्दै संसद्को रेस्टुरेन्टको मेन्युबाट कोकाकोला र नेस्लेको कफी हटाइएका छन् । अध्यक्ष कर्तुलमसले यी कम्पनीहरूले कसरी इजरायलको आक्रामकतालाई समर्थन गरिरहेका छन् भनेर चाहिँ खुलाएनन् । –बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप