पर्यटकलाई होटेल जान जबरजस्ती गर्ने २ जना पोखराबाट पक्राउ
बुधबार, २२ कात्तिक २०८०, १३ : ३६
पोखरा । पर्यटकलाई रोकेर हैरान बनाउने २ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा १७ छोरेपाटनको सिद्धार्थ राजमार्गमा पर्यटक झरेर गन्तव्यमा जाने क्रममा आफूले चिनेको होटेलमा लैजान जबरजस्ती गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पोखरा १७ छोरेपाटनका २३ वर्षीय रमेश सुवेदी र ३१ वर्षका कमल पौडेल छन् । उनीहरुले पर्यटकलाई आफूले चिनेको होटेलमा जान जबरजस्ती गर्दै झोला समेत तानेका थिए ।
उनीहरूलाई सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोमा पक्राउ गरिएको हो । उनीहरूलाई अभद्र व्यवहार मुद्दामा कास्की प्रशासनबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ ।
यसरी ग्राहकको इच्छा विपरीत जबरजस्ती गर्नेलाई कारबाही गरिने बैदाम प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए । उनले अन्य ठाउँमा पनि धेरै गुनासो आएको भन्दै कारबाहीको चेतावनी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण