एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्छः उपप्रधानमन्त्री
काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताएका छन् । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्प पीडितलाई राहत वितरण गर्न पुगेको आरके शर्मा नेतृत्वको एनआरएनए टोलीसँगको भेटमा उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।
आगामी दिनमा विविध विषयमा सरकारले एनआरएनहरुसँग मिलेर काम गर्ने बताउँदै खड्काले विपद्का बेला सहयोग गर्ने विदेशमा बस्ने सवै नेपालीहरु धन्यवादका पात्र भएको बताए ।
भूकम्प पीडितलाई राहत वितरण गरेर फर्किने क्रममा सुर्खेतस्थित खड्काकै निवासमा भएको भेटमा शर्मासहित, निबर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्दीसागर सुवेदी,युरोप संयोजक चिन्तामनि सापकोटा, एनआरएन अभियन्ता ओम शर्मालगायत सहभागी थिए ।
सो अवसरमा अध्यक्ष शर्माले एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको राहत सामग्रीको बारेमा जानकारी गराएका थिए । यसैगरी आगामी दिनमा पनि गैर आवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुननिर्माणमा पनि आफूहरुले सरकारसँग समन्व्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको भूकम्पले मानवीय र भौतिक क्षति भएको छ । एनआरएनएको टोलीले रुकम पश्चिम र जाजरकोटमा राहत सामग्री वितरण गरेको शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण