एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्छः उपप्रधानमन्त्री

काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताएका छन् । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्प पीडितलाई राहत वितरण गर्न पुगेको आरके शर्मा नेतृत्वको एनआरएनए टोलीसँगको भेटमा उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।
आगामी दिनमा विविध विषयमा सरकारले एनआरएनहरुसँग मिलेर काम गर्ने बताउँदै खड्काले विपद्का बेला सहयोग गर्ने विदेशमा बस्ने सवै नेपालीहरु धन्यवादका पात्र भएको बताए ।
भूकम्प पीडितलाई राहत वितरण गरेर फर्किने क्रममा सुर्खेतस्थित खड्काकै निवासमा भएको भेटमा शर्मासहित, निबर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्दीसागर सुवेदी,युरोप संयोजक चिन्तामनि सापकोटा, एनआरएन अभियन्ता ओम शर्मालगायत सहभागी थिए ।
सो अवसरमा अध्यक्ष शर्माले एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको राहत सामग्रीको बारेमा जानकारी गराएका थिए । यसैगरी आगामी दिनमा पनि गैर आवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुननिर्माणमा पनि आफूहरुले सरकारसँग समन्व्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको भूकम्पले मानवीय र भौतिक क्षति भएको छ । एनआरएनएको टोलीले रुकम पश्चिम र जाजरकोटमा राहत सामग्री वितरण गरेको शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलको भवन बनाउन ३ करोड बजेट छुट्ट्याएकोमा आलोचना
-
खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरू वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी
-
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
-
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
-
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
-
दलित मुक्तिको आधार खोज्न राष्ट्रिय दलित गोलमेच सम्मेलन गरिने