कान्तिपुर मिडिया ग्रुपको गेटमा धर्नामा बसेका पत्रकारमाथि आक्रमण, पत्रकार प्रधान घाइते
काठमाडौँ । पत्रकारहरुलाई गैरकानुनी रुपमा निष्काशन गरेको विरुद्ध कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडी धर्नामा बसेका पत्रकारमाथि आक्रमण प्रयास भएको छ । बुधबार नेपाल पत्रकार महासंघको नेतृत्वमा आन्दोलनको कार्यक्रम भइरहेका बेला एक अपरिचित युवाले आक्रमण प्रयास गरेका हुन् ।
ती युवाले कार्यक्रम सञ्चालन गरिरहेका नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका महासचिव रोयल आचार्यमाथि ढुङ्गा प्रहार गरेका थिए । आचार्य आफूलाई हानिएको ढुङ्गा छलेपछि पत्रकार टिकाराम प्रधानलाई लागेको थियो । पत्रकार प्रधान सामान्य घाइते भएका छन् ।
घटनास्थलबाट आचार्यले भने– ‘मैले कार्यक्रम सञ्चालक गरिरहेको थिएँ । मलाई ताकेर ढुंगा प्रहार भयो । मैले छले पनि पत्रकार टिकाराम प्रधानलाई लाग्यो । खुट्टामा चोट लागेर उहाँ सामान्य घाइते हुनु भएको छ । स्थानीय क्लिनिकमा उपचार पछि उहाँ अहिले धर्नामा सहभागी हुनुहुन्छ । आक्रमण गर्ने युवा को हुन भन्ने खुलेको छैन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’
घाइते पत्रकार प्रधान कान्तिपुरबाट अन्यायमा परेका पत्रकार हुन् । आज पत्रकार महासंघको केन्द्रीय समितिको निर्णय अनुसार एसोसिएट प्रदेश समिति र प्रतिष्ठान प्रदेश समितिको संयोजनमा कानुन विपरीत कान्तिपुरबाट निकालिएका पत्रकारहरुको न्यायका लागि धर्ना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम सञ्चालक भएको कारण आफूलाई टार्गेट गरिएको हुनसक्ने महासचिव आचार्यले रातोपाटीलाई बताए ।
कान्तिपुर दैनिकले गैरकानुनी रुपमा पत्रकार निष्कासन तथा सरुवा गरेको विषयमा नेपाल पत्रकार महासंघले कान्तिपुर दैनिकको कार्यालय अगाडि आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण