श्रीलङ्कामा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ७० हजार नाघ्यो, ४३ जनाको मृत्यु
बुधबार, २२ कात्तिक २०८०, २१ : ०९
कोलम्बो । श्रीलङ्कामा बुधबार बिहानसम्म डेङ्गुका बिरामीको सङ्ख्या ७० हजार नाघेको स्वास्थ्य मन्त्रालयको महामारी एकाइले आफ्नो वेबसाइटमा जानकारी दिएको छ ।
यो वर्षको शुरूदेखि नोभेम्बर ८ सम्ममा ७० हजार १७८ जनामा सङ्क्रमण पुष्टि भएको र सबैभन्दा बढी कोलम्बो जिल्लामा १४ हजार ८८४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
एकाइका अनुसार यस वर्ष हालसम्म डेङ्गुका कारण ४३ जनाको मृत्यु भएको छ । वर्षायामका कारण डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको बताउँदै स्वास्थ्य अधिकारीहरूले आफ्नो वरपरको वातावरण सफा राख्न र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न आग्रह गरेका छन् ।
श्रीलङ्कामा सन् २०२२ मा ७५ हजारभन्दा बढी डेङ्गुका बिरामी फेला परेको सरकारी तथ्याङ्कले देखाएको छ ।- (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण