बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा मेयर पाण्डेले एकलौटी गरेको भन्दै एमालेको आपत्ति

बुधबार, २२ कात्तिक २०८०, २१ : ३६
बुधबार, २२ कात्तिक २०८०

बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले एकलौटी रुपमा स्थानीय सरकार चलाउन खोजेको भन्दै एमाले बुटवल उपमहानगर कमिटीले गम्भीर आपत्ति प्रकट गरेको छ ।

एमालेका उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई गैरकानुनी काममा दबाब दिने र नगरपालिकालाई मेयरले आफ्नो तजविजीबाट चलाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

‘मेयर पाण्डेले संविधान र कानुन विपरीत स्थानीय स्वायत्त शासनलाई समेत कुल्चिँदै आफ्नो व्यक्तिगत तजविजमा कानुनलाई समेत हातमा लिएर जनविरोधी कार्य गर्दै आइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ ।

व्यक्तिगत इगोमा कर्मचारीलाई निस्काशन गरी आफ्ना आफन्तलाई भर्ती गर्न खोजेको, स्थानीय सरकारको बजेट तजविजमा अनुदानबापत वितरण गर्न कार्यकारी प्रमुखलाई दबाब दिएको आरोप एमालेले लगाएको हो ।

बहुमतको दम्भको आडमा गरिने असंवैधानिक क्रियाकलापले सिङ्गो उपमहानगरको विकास निर्माण, आर्थिक समृद्धि र सुशासन धरापमा परेको भन्दै एमालेले आगामी दिनमा यस्ता गतिविधि नगर्न र गरेमा सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ ।

मंगलबारमात्र बुटवलका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल र मेयर पाण्डेबिच खटपट परेपछि प्रशासकीय अधिकृत काठमाडौ हिँडेका थिए । भुसाल बुटवलमा आएको दुई महिनामात्रै पुगेको छ ।

received_1386329762268462

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप