बुटवलमा मेयर पाण्डेले एकलौटी गरेको भन्दै एमालेको आपत्ति
बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले एकलौटी रुपमा स्थानीय सरकार चलाउन खोजेको भन्दै एमाले बुटवल उपमहानगर कमिटीले गम्भीर आपत्ति प्रकट गरेको छ ।
एमालेका उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई गैरकानुनी काममा दबाब दिने र नगरपालिकालाई मेयरले आफ्नो तजविजीबाट चलाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।
‘मेयर पाण्डेले संविधान र कानुन विपरीत स्थानीय स्वायत्त शासनलाई समेत कुल्चिँदै आफ्नो व्यक्तिगत तजविजमा कानुनलाई समेत हातमा लिएर जनविरोधी कार्य गर्दै आइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ ।
व्यक्तिगत इगोमा कर्मचारीलाई निस्काशन गरी आफ्ना आफन्तलाई भर्ती गर्न खोजेको, स्थानीय सरकारको बजेट तजविजमा अनुदानबापत वितरण गर्न कार्यकारी प्रमुखलाई दबाब दिएको आरोप एमालेले लगाएको हो ।
बहुमतको दम्भको आडमा गरिने असंवैधानिक क्रियाकलापले सिङ्गो उपमहानगरको विकास निर्माण, आर्थिक समृद्धि र सुशासन धरापमा परेको भन्दै एमालेले आगामी दिनमा यस्ता गतिविधि नगर्न र गरेमा सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ ।
मंगलबारमात्र बुटवलका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल र मेयर पाण्डेबिच खटपट परेपछि प्रशासकीय अधिकृत काठमाडौ हिँडेका थिए । भुसाल बुटवलमा आएको दुई महिनामात्रै पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण