ईस्टोनिया पठाउँछु भनेर ३४ लाख ठगेको आरोपमा युवक पक्राउ
बिहीबार, २३ कात्तिक २०८०, १७ : २४
काठमाडौँ । ईस्टोनिय पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पृथ्वीनारायण नगरपालिका–६ घर भएर काठमाडौं बस्दै आएका राजेश श्रेष्ठ छन् ।
३५ वर्षीय श्रेष्ठलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । ‘ईस्टोनिया जान ७ लाख लाग्ने र त्यहाँको सुपर मार्केटमा १ लाख ५० हजार तलवमा रोजगारी उपलब्ध गराउने’ आश्वासन दिएर श्रेष्ठले रकम उठाएका हुन् ।
आरोपितले ७ लाख प्रतिव्यत्तिको दरले पीडितहरुसँग पैसा उठाएको आरोप छ । पीडितहरुबाट उनले ३४ लाख १३ हजार रकम लिएर फरार भएको उजुरीको आधारमा उनलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको हो । उनलाई काराबाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण