अपहरणमा परेका फुटबलर डियासका पिता रिहा
बारानकास । अपहरणमा परेका कोलम्बियन खेलाडी लुइस डियाजका पितालाई गुरिल्लाहरुले १३ दिनपछि रिहा गरेका छन् । लिभरपुलका फरवार्डका पिता लुइस म्यानुएल डियाजलाई नेसनल लिबरेसन आर्मी (एलईएन) ले संयुक्त राष्ट्रसंघ र क्याथोलिक चर्चका अधिकारीहरुलाई हस्तान्तरण गरिएको हो ।
उनलाई गत अक्टोबर २८ मा बरानकासबाट अपहरण गरिएको थियो । उनीसँग उनकी पत्नीलाई पनि अपहरण गरिएको भए पनि तिनलाई भने केही घण्टापछि नै रिहा गरिएको थियो ।
स्थानीय मिडियाका अनुसार रिहा पछि म्यानुएललाई सेनाको हेलिकप्टरबाट भालेडुपार लगिएको थियो । त्यहाँ उनको स्वास्थ्य परीक्षणपछि परिवारलाई हस्तान्तरण गरिएको छ । अधिकारीहरूले उनको स्वास्थ्य अवस्था राम्रो रहेको र यातनाको कुनै पनि सङ्केत नदेखिएको बताएका छन् ।
स्थानीय पत्रिकाका अनुसार स्थानीयहरूले लुइस डियाजले लगाउने लिभरपुलको २३ नम्बरको जर्सी लगाएर उनको स्वागत गरेका थिए । लिभरपुलका म्यानेजर योर्गन क्लपले उनको रिहाइप्रति खुसी व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण