बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

आज धनतेरस : सुनचाँदी र नयाँ भाँडाकुँडा किन्न ग्राहकको भीड (तस्बिरहरू)

शुक्रबार, २४ कात्तिक २०८०, ११ : २६
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । आज कात्तिक कृष्ण द्वादशीका दिन मनाइने धनतेरस पर्व मनाइँदैछ ।  तिहार सुरु हुनुभन्दा अघिल्लो दिन आज सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ ।

यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दु धार्मिक विश्वास छ ।

धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत रहेको छ ।   भाण्ड त्रयोदशी समेत भनिने आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । 

त्यसैले आज भाँडा पसलमा ग्राहकको भीड लागेको छ । 

तस्बिरहरु :

dhanteras (3)dhanteras (4)dhanteras (5)dhanteras (6)dhanteras (7)dhanteras (8)dhanteras (9)dhanteras (10)dhanteras (11)dhanteras (12)dhanteras (13)dhanteras (14)dhanteras (15)dhanteras (16)dhanteras (17)dhanteras (18)dhanteras (19)dhanteras (20)dhanteras (21)dhanteras (22)dhanteras (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप