नापी कार्यालय भद्रपुरका नापी सर्वेक्षकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । झापाको भद्रपुरस्थित नापी कार्यालयका सर्वेक्षकसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी सर्वेक्षक देवनारायण ठाकुर, सुवासचन्द्र यादव र विचौलियोका काम गर्ने उमेश यादवविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले जग्गाको कित्ताकाट गरेवापत सेवाग्राहीसँग चेक र नगदसहित एक लाख २५ हजार घुस लिएको आरोप थियो । आयोगको इटहरीस्थित कार्यालय इटहरीबाट खटिएकोे टोलीले गत असोज २९ मा सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई सेवाग्राहीबाट नगद रु.७०,००० र ५५ हजार बराबरको चेक बरामद गरेको थियो ।
ठाकुर र यादवद्वयले आपसी मिलोमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गराउन घुस मागेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार पक्राउ परेकाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो सहित कैद सजायको मागदावी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण