सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नापी कार्यालय भद्रपुरका नापी सर्वेक्षकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शुक्रबार, २४ कात्तिक २०८०, १३ : ४९
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । झापाको भद्रपुरस्थित नापी कार्यालयका सर्वेक्षकसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी सर्वेक्षक देवनारायण ठाकुर, सुवासचन्द्र यादव र विचौलियोका काम गर्ने उमेश यादवविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले जग्गाको कित्ताकाट गरेवापत सेवाग्राहीसँग चेक र नगदसहित एक लाख २५ हजार घुस लिएको आरोप थियो । आयोगको इटहरीस्थित कार्यालय इटहरीबाट खटिएकोे टोलीले गत असोज २९ मा सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई सेवाग्राहीबाट नगद रु.७०,००० र ५५ हजार बराबरको चेक बरामद गरेको थियो ।

ठाकुर र यादवद्वयले आपसी मिलोमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गराउन घुस मागेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार पक्राउ परेकाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो सहित कैद सजायको मागदावी लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप