सशस्त्र प्रहरीद्वारा गड्डाचौकी सीमा क्षेत्रमा अनुगमन
कञ्चनपुर । सशस्त्र प्रहरी बलले गड्डाचौकीस्थित सीमा क्षेत्रको अनुगमन गरेको छ । महाकाली नदीले बगाएको सीमा स्तम्भको अनुगमन गरेर सशस्त्र प्रहरीले मुचुल्का तयार गरेको हो ।
२०७० साल असार २ गते महाकाली नदीमा आएको बाढीले नेपाल–भारत सीमा क्षेत्रको रहेको ८०५ नम्बरको मुख्य पिल्लर बगाएको थियो । उक्त पिल्लरको अहिलेसम्म समेत स्थापना हुन सकेको छैन् ।
लामो समयदेखि सीमा स्तम्भ नराखिएको भन्दै स्थानीय तेज रावत लगायतले प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएको केही दिनपछि सशस्त्र प्रहरीले उक्त क्षेत्रको अनुगमन गर्दै प्रारम्भिक मुचुल्का तयार पारेको हो ।
लामो समयदेखि मुख्य सीमा स्तम्भ नराखिदा सीमा मिचिने जोखिम निकै बढेको स्थानीयको भनाई छ । सरकारले सोही सीमा नजिकैबाट राष्ट्रिय गौरबको आयोजना बनाउँदैछ ।
महाकाली नदीमा चार लेनको पक्की पुल बन्नुका साथै उक्त क्षेत्रका सुख्खा बन्दरगहा समेत बन्दैछ । तरपनि सरकारले मुख्य सीमा स्तम्भ नै बाढीले बगाएको यतिका वर्षसम्म समेत बनाउन नसकेको रावतको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण