गीत
आधा चुरोट हावैले लैजान्छ
शनिबार, २५ कात्तिक २०८०, १६ : १०
आधा चुरोट हावैले लैजान्छ
मलाई त्यसकै पिर लाग्छ
आधा जीवन ऊ बिनै जिउनु छ
मलाई त्यसकै पिर लाग्छ
झमझम झमझम पानी पर्छ
रमरम रमरम मात चढ्छ
उसकै मुहार आँखाभरी
छमछम छमछम नाचिरन्छ
आधा बोतल छल्केरै गैजान्छ
मलाई त्यसकै पिर लाग्छ
आधा बाटो एक्लैले हिँड्नु छ
मलाई त्यसकै पिर लाग्छ
सर्सर सर्सर हावा चल्दा
बर्बर बर्बर आँसु खस्दा
उसैलाई म खोज्न थाल्छु
चर्चर चर्चर छाती पोल्दा
आधा सपना सपनै भैजान्छ
मलाई त्यसकै पिर लाग्छ
आधा विपना एक्लै नै बाँच्नु छ
मलाई त्यसकै पिर लाग्छ
आधा चुरोट हावैले लैजान्छ
मलाई त्यसकै पिर लाग्छ
आधा जीवन ऊ बिनै जिउनु छ
मलाई त्यसकै पिर लाग्छ ।
बाम्राङ, खोटाङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण