बालेन र गृहमन्त्री श्रेष्ठबिच लन्चसहितको भेटघाट
शनिबार, २५ कात्तिक २०८०, १६ : २१
काठमाडौँ । उपपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच लञ्चसहितको भेटघाट भएको छ । शनिवार बिहान बालेन निवास गैरीगाउँमा गृहमन्त्री श्रेष्ठ स्वकीय सचिव सुशन कर्माचार्य सहित पुगेका थिए ।
बालेन पत्नी सबिना काफ्लेले एक फोटो सार्वजनिक गर्दै मन्त्री श्रेष्ठसँगको बिहानको खाना खाएको जानकारी गराएकी छिन् । फोटोमा मन्त्री श्रेष्ठकी स्वकीय सचिव कर्माचार्यले बालेनकी छोरी लिएकी छिन् ।
केही महिनाअघि मेयर शाहले आफ्नी श्रीमती सबिना चढेको गाडी प्रहरीले रोकेको भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई ‘चोर’को उपमा दिँदै सिंहदरबार जलाइदिने धम्की दिएका थिए । सो धम्कीलाई लिएर कारबाही गर्नुपर्ने आवाज उठेपछि उनले आफ्नो भनाई सामाजिक सञ्जालबाट हटाएका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण