सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण सङ्ख्या परिमार्जन

शनिबार, २५ कात्तिक २०८०, २१ : ४७
शनिबार, २५ कात्तिक २०८०

जेरुसेलम । हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण सङ्ख्या परिमार्जन गरिएको छ । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटका अनुसार दक्षिणी इजरायली समुदाय र गाजाको सिमानामा रहेका सैन्य स्थलहरूमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणबाट मृत्यु हुने इजरायलीको सङख्या १ हजार दुई सय रहेको बताइएको छ ।

स्रोतहरूले सिन्ह्वालाई बताएअनुसार आक्रमणमा मृत्यु हुनेको ठूलो सङ्ख्या अक्टोबर ७ गरिएको हमास लडाकुहरूको आक्रमणबाट भएको थियो भने केही रकेट प्रक्षेपणबाट भएको थियो।

बिहीबार इजरायल डिफेन्स फोर्सले जारी गरेको तथ्याङ्कले देखाएअनुसार अक्टोबर ७ देखि इजरायलतर्फ करिब ९ हजार ५०० रकेट प्रहार गरिएको छ ।  जसमध्ये अधिकांश हमास शासित गाजा पट्टीबाट आएका  थिए ।

मृतकको सङ्ख्यामा आउने केही समयसम्म उतारचढाव जारी रहने सम्भावना छ र पट्टीमा अपहरण गरिएका २४० भन्दा बढी व्यक्तिहरूमध्ये पनि जोखिममा रहेको बताइएको टाइम्स अफ इजरायलले  उल्लेख गरेको छ।

इजरायली सेनाले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार इजरायल–हमास द्वन्द्वको यस चरणमा ३५४ इजरायली सैनिकको मृत्यु भएको छ । हमास लडाकुहरूसँगको लडाईमा तिनीहरूमध्ये धेरैको मृत्यु भएको बताइएको छ ।

हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार एन्क्लेभमा ११ हजार २५ प्यालेस्टाइनीहरू मारिएका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप