पोखरामा कहाँकहाँ पाइन्छ सयपत्री फूल ? कति पर्छ मूल्य ?
पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र रैथाने फूलको विक्रीको लागि ठाउँ तोकेको छ । विभिन्न वडाका किसान बजारहरूमा फूल विक्री थालेको हो । आइतबार बिहानदेखि फूल विक्री सुरु भैसकेको कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
पोखरा १७ विरौटा, वडा नम्बर १३, पोखरा १६ र १९ को ठूलीपोखरी, अमरसिंहचोक, कोलपाटन र पोखरा ३१ बेगनासमा फूल किन्न पाइन्छ । बेगनासको कोट देउराली सहकारी हो भने अरू सबै स्पट महानगरले नै खोलेको किसान बजार हो ।
स्पटसँगै यो वर्ष महानगरले फूलको मूल्य पनि तोकिसकेको छ । महानगरले फूलको ग्रेड हेरेर मूल्य तोकेको हो । ग्रेड ए को मूल्य प्रतिथुङ्गा ५ रुपैयाँ पर्छ भने बी ग्रेडको ४ रुपैयाँ तथा सी ग्रेडको २ रुपैयाँ पर्छ । माला पनि ए ग्रेडको २ सय, बी ग्रेडको १ सय ८० र सी ग्रेडलाई १ सय ५० पर्छ । ए ग्रेड फूलको प्रतिकिलो ४ सय रुपैयाँ पर्छ ।
महानगरले फूल बिक्रीकै लागि फूल मेला आयोजना पनि गरेको छ । सिद्धार्थ चोकको श्री कम्प्लेक्समा मेला आयोजना गरिएको हो । यो वर्ष फूलको अभाव रोक्न महानगरकै अनुदान सहयोगमा फूल खेती गरिएको छ । १ सय ५० रोपनी क्षेत्रफलमा ५० प्रतिशत अनुदानमा फूल खेती गरिएको हो । पोखरा फूलमा आत्मनिर्भर रहेकोले बाहिरका फूल खरिद नगर्न महानगरले सूचना जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण