जब शिव सेनाको आक्रमणका कारण विश्वकप ट्रफीमा क्षति पुग्यो
काठमाडौँ । सन् १९८३ मा भारतले पहिलो पटक आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गरेको त्यो विश्वकपको फाइनलमा भारतले वेस्ट इन्डिजलाई ४३ रनले हराएको थियो ।
त्यसपछि विश्वकपको उपाधि बोकेर कपिल देव नेतृत्वको भारतीय टोली स्वदेश फर्किएको थियो । भारतले पहिलो पटक जितेको त्यो विश्वकप ट्रफी तत्कालीन बम्बईस्थित भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मुख्यालयमा निकै सुरक्षित रूपमा राखिएको थियो ।
तर, सन् १९९९ को जनवरी १९ तारिखमा भारतको हिन्दु राष्ट्रवादी समूह शिव सेनाले बीसीसीआईको मुख्यालयमा आक्रमण गरी तोडफोड गरेको थियो । शिव सेनाको त्यही आक्रमणका क्रममा भारतले सन् १९८३ मा जितेको विश्वकप ट्रफीमा समेत क्षति पुगेको थियो ।
त्यतिबेला विश्व क्रिकेटमै त्यो निकै ठुलो चर्चाको विषय बनेको थियो । विश्वकप ट्रफीमा क्षति पुगेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको निकै ठुलो आलोचना पनि भएको थियो । खासमा त्यतिबेला भारत र पाकिस्तानबिचको क्रिकेट सम्बन्धलाई लिएर शिव सेना आक्रोशित बनेको थियो ।
त्यसैले शिव सेनाका कार्यकर्ताले बीसीसीआईको मुख्यालयमा आक्रमण गरेका थिए । त्यसैले अहिले विश्वकप विजेता टोलीलाई विश्वकपको वास्तविक ट्रफी प्रदान गरिँदैन । विजेता टोलीलाई वास्तविक ट्रफीजस्तै देखिने गरी तयार पारिएको अर्को ट्रफी प्रदान गरिन्छ ।
वास्तविक ट्रफी भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मुख्यालमा राखिएको छ । विश्वकपको वास्तविक ट्रफीमा आईसीसीको लोगो अङ्कित हुन्छ भने विजेता टोलीलाई दिइने ट्रफीमा विश्वकपको लोगो अङ्कित गरिएको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण