गाजामा रहेको संयुक्त राष्ट्रसंघ एजेन्सीको मुख्यालय इजरायली हवाई आक्रमणबाट प्रभावित
आइतबार, २६ कात्तिक २०८०, २३ : १९
गाजा । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाई आक्रमणको सिकार भएको र त्यहाँ शरण लिइरहेका प्यालेस्टिनी शरणार्थीहरूको हताहत भएको जानकारी दिएको छ।
शनिबार वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार संयुक्त राष्ट्रसंघ एजेन्सीले आक्रमणबाट आफ्नो परिसरमा शरण खोजिरहेका मानिसहरूको मृत्यु भएको जनाएको छ । साथै घाइतेहरूप्रति गहिरो चिन्ता समेत व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ– ‘नागरिक पूर्वाधारको रक्षा गर्न र संयुक्त राष्ट्रसंघबाट दिइएको मानवीय सहयोगलाई सुरक्षित राख्नु पर्ने आवश्यकतालाई जोड दिइएको छ।’
हालसम्म यस घटनाको बारे इजरायली पक्षबाट कुनै प्रतिक्रिया आएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण