फोनको डेटा वा ब्याट्री ‘ड्रेन’ भइरहेको त छैन ? ह्याक भएको हुनसक्छ है
काठमाडौँ । कहिलेकाहीँ तपाईँलाई पनि आफ्नो फोनको ब्याट्री वा डेटा छिटो छिटो सकिइरहेको महसुस हुन्छ ? फोनको प्रयोग धेरै गरेर यस्तो भएको हो कि भन्ने हामीलाई लाग्न सक्छ । तर फोन कुनै ह्याकरको कब्जामा आउँदा पनि यस्तो हुन सक्छ ।
अहिले हामीले हरेक चिजमा फोनको प्रयोग गर्छौ । बैंकिङसँग सम्बन्धित काम होस् वा अत्यावश्यक डकुमेन्ट स्टोर गर्न सबै काम घरै बसीबसी फोनबाटै हुन्छ । तर धोकाधडी अनि जालसाझी गर्नेहरुलाई अहिले फोन वरदान साबित भएको हो । अरुलाई फसाउन, ठग्न नयाँ नयाँ तरिका अपनाउन उनीहरुले फोनकै प्रयोग गरिरहेका छन् । हामीले थाहै नपाएको एप फोनमा घुसेर हाम्रो जासुसी गरिरहेको हुन सक्छ । हामी पत्तै पाउँदैनौँ । तपाईँको फोनमा यस्ता केही संकेत हुन सक्छन् जसले फोन ह्याक भएको बताउन सक्छ ।
१. फोनको ब्याट्री सामान्य बेलाको भन्दा छिटो छिटो सकिरहेको छ भने फोन मालवेयर वा फ्रड गर्ने ऐप्सको पकडमा आएको हुन सक्छ । यस्तो एप्सहरुले छिटै फोनको पावर खाइदिन्छन् । ब्याकग्राउन्डमा यस्तो खालको एप त चलिरहेको छैन ? चेक गर्नुस् ।
२. गेम खेल्दा वा फिल्म हेर्दा पनि फोन तात्छ । तर फोन कहिलेकाहीँ केही नगर्दा पनि फोन तात्छ । तपाईँको फोन ह्याकरहरुको कन्ट्रोलमा भएकोले तातेको हुन सक्छ । त्यतिकै नचलाईकन राख्दा पनि फोन तातिरहेको त छैन ।
३. मोबाइल फोनको डेटा अचानक बढेको पो छ कि याद गर्नुस् । सामान्य बेलाको भन्दा धेरै डेटा खर्च भइरहेको छ भने फोनमा मलिशियस एप वा सफ्टवेयर ब्याकग्राउन्डमा मोबाइल डेटाको प्रयोग भइरहेको हुन सक्छ ।
४. आफ्नो सामाजिक सञ्जाल वा अरू एकाउन्टमा तपाईँले गर्दै नगरेको पोष्ट देखिरहनु भएको छ भने पनि तपाईँको फोन ह्याकरको कब्जामा रहेको हुन सक्छ ।
५. फोन अचानक स्लो भयो, स्लो काम गरिरहेको छ र धेरै रिसोर्स र ब्याट्री पावरको प्रयोग गरिरहेको छ भने भने फोनको ब्याकग्राउन्डमा कुनै मालवेयर लुकेको हुन सक्छ ।
६. तपाईँको मोबाइलमा नक्कली अलर्ट र अन्य धम्कीपूर्ण म्यासेजको पुश नोटिफिकेशन आइरहेको छ भने फोन एड्वेयरले संक्रमित भएको हुन सक्छ । यस्तो म्यासेज वा नोटिफिकेशनमा ट्याप नगर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण