सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फोनको डेटा वा ब्याट्री ‘ड्रेन’ भइरहेको त छैन ? ह्याक भएको हुनसक्छ है

सोमबार, २७ कात्तिक २०८०, १४ : ३३
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । कहिलेकाहीँ तपाईँलाई पनि आफ्नो फोनको ब्याट्री वा डेटा छिटो छिटो सकिइरहेको महसुस हुन्छ ? फोनको प्रयोग धेरै गरेर यस्तो भएको हो कि भन्ने हामीलाई लाग्न सक्छ । तर फोन कुनै ह्याकरको कब्जामा आउँदा पनि यस्तो हुन सक्छ ।

अहिले हामीले हरेक चिजमा फोनको प्रयोग गर्छौ । बैंकिङसँग सम्बन्धित काम होस् वा अत्यावश्यक डकुमेन्ट स्टोर गर्न सबै काम घरै बसीबसी फोनबाटै हुन्छ । तर धोकाधडी अनि जालसाझी गर्नेहरुलाई अहिले फोन वरदान साबित भएको हो । अरुलाई फसाउन, ठग्न नयाँ नयाँ तरिका अपनाउन उनीहरुले फोनकै प्रयोग गरिरहेका छन् । हामीले थाहै नपाएको एप फोनमा घुसेर हाम्रो जासुसी गरिरहेको हुन सक्छ । हामी पत्तै पाउँदैनौँ । तपाईँको फोनमा यस्ता केही संकेत हुन सक्छन् जसले फोन ह्याक भएको बताउन सक्छ ।

१. फोनको ब्याट्री सामान्य बेलाको भन्दा छिटो छिटो सकिरहेको छ भने फोन मालवेयर वा फ्रड गर्ने ऐप्सको पकडमा आएको हुन सक्छ । यस्तो एप्सहरुले छिटै फोनको पावर खाइदिन्छन् । ब्याकग्राउन्डमा यस्तो खालको एप त चलिरहेको छैन ? चेक गर्नुस् ।

२. गेम खेल्दा वा फिल्म हेर्दा पनि फोन तात्छ । तर फोन कहिलेकाहीँ केही नगर्दा पनि फोन तात्छ । तपाईँको फोन ह्याकरहरुको कन्ट्रोलमा भएकोले तातेको हुन सक्छ । त्यतिकै नचलाईकन राख्दा पनि फोन तातिरहेको त छैन ।

३. मोबाइल फोनको डेटा अचानक बढेको पो छ कि याद गर्नुस् । सामान्य बेलाको भन्दा धेरै डेटा खर्च भइरहेको छ भने फोनमा मलिशियस एप वा सफ्टवेयर ब्याकग्राउन्डमा मोबाइल डेटाको प्रयोग भइरहेको हुन सक्छ ।

४. आफ्नो सामाजिक सञ्जाल वा अरू एकाउन्टमा तपाईँले गर्दै नगरेको पोष्ट देखिरहनु भएको छ भने पनि तपाईँको फोन ह्याकरको कब्जामा रहेको हुन सक्छ ।

५. फोन अचानक स्लो भयो, स्लो काम गरिरहेको छ र धेरै रिसोर्स र ब्याट्री पावरको प्रयोग गरिरहेको छ भने भने फोनको ब्याकग्राउन्डमा कुनै मालवेयर लुकेको हुन सक्छ ।

६. तपाईँको मोबाइलमा नक्कली अलर्ट र अन्य धम्कीपूर्ण म्यासेजको पुश नोटिफिकेशन आइरहेको छ भने फोन एड्वेयरले संक्रमित भएको हुन सक्छ । यस्तो म्यासेज वा नोटिफिकेशनमा ट्याप नगर्नुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप