देशभर कति मेट्रिक टन खाद्यान्न आवश्यक ?
काठमाडौँ । नेपालमा बर्सेनि ५६ लाख मेट्रिक टन बढी खाद्यान्नको आवश्यक पर्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर एक वर्षमा ५६ लाख १९ हजार २३ मेट्रिक टन चामल, मकै, कोदो, फापर, गहुँ, जौ आवश्यक पर्छ ।
मन्त्रालयका अनुसार यसमा मकै ९६ हजार ३७ मेट्रिक टन खाँचो हुन्छ । यस्तै, २ लाख ४६ हजार ९ सय ९९ मेट्रिक टन कोदो र ८ हजार ९ सय ९० मेट्रिक टन फापर आवश्यक देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, १६ लाख ५७ हजार ८ सय ३३ मेट्रिक टन गहुँ र ७ हजार ३ सय ९५ मेट्रिक टन जौ आवश्यक रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
कोशी प्रदेशमा वार्षिक ९ लाख ५३ हजार ७ सय ९६ मेट्रिक टन खाद्यान्नको माग छ । उता, मधेस प्रदेशमा १० लाख ८८ हजार ९ सय ९ मेट्रिक टन खाद्यान्नको आवश्यक छ ।
त्यस्तै, बागमती प्रदेशमा सबैभन्दा धेरै १२ लाख १८ हजार ६ सय ४ मेट्रिक टन खाद्यान्नको माग रहेको मन्त्रालयले जनाएको छ । उता, गण्डकीमा ५ लाख ३७ हजार ६ सय ४७ मेट्रिक टन, लुम्बिनीमा ९ लाख ३४ हजार ३ सय ४ मेट्रिक टन बर्सेनि खाद्यान्न आवश्यक पर्छ ।
यस्तै, कर्णालीमा सबैभन्दा कम ३ लाख ४७ हजार ७२ मेट्रिक टन आवश्यक पर्ने मन्त्रालयको तथ्याङ्कले देखाएको छ । र, सुदूरपश्चिम प्रदेशमा ५ लाख ३८ हजार ६ सय ८० मेट्रिक टन बर्सेनि खाद्यान्नको खाँचो पर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण