शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गाजाका अस्पताल सेवा दिन नसक्ने अवस्थामा

सोमबार, २७ कात्तिक २०८०, २० : १२
सोमबार, २७ कात्तिक २०८०

गाजा । इजरायली आक्रमणका कारण अत्यावश्यक वैकल्पिक जेनेरेटरहरू समेत सञ्चालन गर्न इन्धनको अभाव भएपछि उत्तरी गाजा पट्टीमा प्यालेस्टिनी अस्पतालहरूले सेवा बन्द गरेका छन् ।

इजरायली आक्रमण र इन्धन सकिएको कारण अल-अहली अस्पताल बाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्," स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले उल्लेख गरेका छन् ।

अल-शिफा मेडिकल अस्पतालमा जेनेरेटर अभाचका कारण पाँच नवजात शिशु र सात अन्य बिरामीको मृत्यु भएको  मन्त्रालयका प्रवक्ताले बताएका छन् । मिर्गौला डायलासिसका बिरामीको उपचार गर्न नसक्दा थुप्रै विरामीको ज्यान जान सक्ने अवस्था रहेको पनि उनले उल्लेख गरेका छन् ।

आइतबार  प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले गाजा शहरको अल-कुड्स अस्पताल इन्धन अभाव र बिजुली कटौतीको कारणले सञ्चालन बन्द गरेको बताएको छ ।- (रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप