दश लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझै
काठमाडौँ । मुलुकभरमा खेतीयोग्य जमिनको कुल क्षेत्रफलमध्ये १० लाख हेक्टरभन्दा बढी खेत बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।
पहाडी क्षेत्रबाट बसाइसरेर तराई झर्नु, खेतीका लागि उत्पादन लागत बढ्नु, काम गर्ने जनशक्ति नहुनु लगायत कारणले १० लाख ३० हजार हेक्टर जमिन बाँझो भएको हो । देशभरमा ३० लाख ९० हजार हेक्टर खेती योग्य जमिन छ । यसमध्ये २० लाख ६० हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । यी जमिनबाट वार्षिक रूपमा विभिन्न फसलको उत्पादन २ पटकभन्दा बढीसम्म लिने गरिन्छ ।
मन्त्रालयको तथ्यांक अनुसार ३४ लाख ८६ हजार हेक्टर क्षेत्रफलमा खाद्यान्न बालीको खेती गरिँदै आइएको छ । धान, मकै, गहुँ, कोदो, फापर, जौँ खाद्यान्न बालीमा पर्दछन् । एक वर्षमा १ करोड ७ लाख मेट्रिक टन खाद्यान्न बालीको उत्पादन हुन्छ ।
यस्तै, आलु, उखु, जुट, कपासलगायत बालीलाई नगदे बालीको रूपमा चिनिन्छ । यो बाली ५ लाख २८ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।
यस्तै, दलहन बालीको ३ लाख ३४ हजार हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । यसबाट मसुरो, केराउ, चान, मास, भटमास लगायत दालबाली ४ लाख मेट्रिक टन वर्सेनि उत्पादन हुन्छ ।
फलफूल, तरकारी, हलेदो, अदुवा, मौरीको घार लगायत अन्य बालीमा मन्त्रालयले राखेको छ । यसले ७ लाख ४० लाख हेक्टरमा क्षेत्रफल ओगटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण