बुर्किना फासो नरसंहारमा करिब १०० जनाको मृत्यु
अबुजा नाइजेरियो । पश्चिम अफ्रिकी देश बुर्किना फासोमा भएको नरसंहारमा करिब १०० सर्वसाधारणको मृत्यु भएको छ । युरोपेली संघको कूटनीतिक सेवाले सोमबार जनाए अनुसार बुर्किना फासोको उत्तर–मध्य क्षेत्रको जाओन्गो गाउँमा भएको नरसंहारमा महिला र बालबालिका सहित करिब एक सय सर्वसाधारणको मृत्यु भएको खबर छ ।
जाओन्गो गाउँ बोल्सा सहरबाट करिब ६० किलोमिटर टाढा छ । घटनाको कारण र संलग्नता बारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । अभियोजन साइमन ग्यानोउले बताए अनुसार अहिलेसम्म घटनाको यथेष्ट प्रमाण भेटिएको छैन ।
बुर्किना फासो सन् २०२२ को जुलाईदेखि सैनिक शासनको अधीनमा छ। सैन्य अधिग्रहण पछि जन्टाले सुरक्षालाई प्राथमिकता दिएको छ तर इस्लामवादी समूहहरूलाई नियन्त्रण गर्न संघर्षरत छ ।
विभिन्न किसिमका आतङ्ककारी आक्रमणबाट सयौँ नागरिकको मृत्यु भएको छ । बुर्किना फासो हिंसाको केन्द्रबिन्दु बनेको छ । अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित इस्लामवादी समूहहरूका गतिविधि विशाल सहेल क्षेत्रमा फैलिएको छ ।
एम्नेस्टी इन्टरनेशनलका अनुसार गरिब राष्ट्रको ठूलो भाग “युद्ध अपराध र मानवअधिकार उल्लङ्घन गर्ने” सशस्त्र समूहहरूको घेराबन्दीमा छ । यसै वर्षको अप्रिलमा छुट्टाछुट्टै गाउँहरूमा कम्तीमा ४४ जनाको ज्यान गएको थियो । जुन जन्टा अधिकारीहरूले इस्लामवादी आतङ्कवादीहरूलाई दोष लगाएका थिए ।
अप्रिलमा नै सैन्य पोशाकमा सशस्त्र व्यक्तिहरूले सोही क्षेत्रको एउटा गाउँमा गरेको आक्रमणमा १३६ जना नागरिक मारिएका थिए ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण