आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सम्बन्धमा तनाव बढिरहेको छ ? अनिद्रा पनि कारण हुन सक्छ

बिहीबार, ३० कात्तिक २०८०, १० : ५४
बिहीबार, ३० कात्तिक २०८०

काठमाडौँ । शरीर र दिमागले राम्रोसँग काम गरिरहेको छ भने मुड सधैँ ठिक रहन्छ । तर तपाई राति राम्रोसँग निदाउन सक्नु हुन्न, निद्रा गहिरो छैन, बारम्बार उठिरहनु हुन्छ भने तपाई जतिबेला पनि थकित रहन थाल्नु हुन्छ । यसको असर बिस्तारै तपाईँको सम्बन्धमा पनि देखिन थाल्छ ।

साइकोलोजिक टुडेका अनुसार जर्नल अफ सोसल एन्ड पर्सनल रिलेशनशिपमा एउटा नयाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनका अनुसार निद्राको कमीले रिसलाई त बढाउँछ नै सम्बन्धमा पनि नकारात्मक प्रभाव पार्छ । यस अघिको अध्ययनहरूमा खराब निद्राका कारण समस्या समाधानमा कमी र भावनात्मक बौद्धिकता कम हुने र नेगेटिभ मुडलाई बढाउने पाइएको थियो ।

यो अध्ययनमा अमेरिका र युरोपका ७०० भन्दा धेरै मानिसहरूलाई समावेश गरिएको थियो । सहभागीहरू सबै या त सम्बन्धमा थिए या विवाहित थिए । शोधमा सहभागी भएकाहरूले निद्राको क्वालिटीले आफूभित्र रिस बढाउने काम गरेको बताएका थिए । यसले उनीहरूको सम्बन्धको क्वालिटी खराब भइरहेको पाइएको थियो ।

राम्रोसँग ननिदाउनेहरूमा आफू वा आफ्नो सम्बन्धसँग सम्बन्धित नरहेको विषयहरूले समेत आपसी सम्बन्धलाई प्रभावित पारेको पाइयो । निद्रा पूरा हुनेहरू बिहान उठ्ने बित्तिकै तरोताजा महसुस गर्थे । उनीहरूको सम्बन्ध पनि रोमान्टिक रह्यो । निद्रा पूरा नहुने व्यक्तिमा चाहिँ नकारात्मक भावना हाबी भएको अनि यस्तो मुडमा पार्टनरसँग कुराकानी गर्दा कतै न कतै यसको झिल्कोले वार्तालाप, विषय र बोल्नेको तरिकालाई प्रभावित भएको अनुसन्धानका क्रममा भेटिएको छ ।

निद्रा बिग्रिनुको कारण अनेक हुन सक्छ । बच्चाको जन्म, शिशुहरूको स्याहार सुसार र हेरचाहसम्बन्धी चुनौती, मेनोपज वा बढ्दो तनावले पनि निद्रामा खलल पुगेको हुन सक्छ । यस्तोमा तपाईँले ख्याल राख्नु पर्ने कुरा भनेको आफ्नो हेरचाह नै हो । सन्तुलित अनि पोसिलो आहार खानुस्, क्याफिनको मात्रा कम गर्नुस्, सक्रिय रहनुस् अनि कसरी भरपुर निद्रा लिन सकिन्छ भनेर प्रयास गर्नुस् । यस्तो नगर्ने हो भने बिस्तारै बिस्तारै सम्बन्धबाट रोमान्स गायब हुँदै जान्छ अनि कुरा सम्बन्धबिच्छेदसम्म पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप