उडिरहेको विमानभित्र घोडा फुस्केपछि....
न्यूयोर्क । असहज अवस्था निम्तिएपछि उडिसकेको बोइङ ७४७ कार्गो जेटलाई विमानस्थल नै फर्काइएको छ । विमानभित्र स्टलमा बाँधेर राखिएको घोडा फुकेपछि करिब ३१ हजार फिटमाथि उडिरहेको विमानलाई फर्काइएको हो ।
नोभेम्बर ९ मा विमान न्यूयोर्कको जोन एफ केन्नेडी विमानस्थलबाट बेल्जियमको लिएजतर्फ १५ वटा घोडा बोकेर सो विमान उडेको थियो । विमान उडेको ९० मिनेटपछि स्टलमा बाँधिएको घोडा एकाएक फुक्यो भने उफ्रिएर स्टलको बारमा अड्कियो । वर्षभरमा आफूहरूले हजारौँ घोडा कार्गोबाट पठाउने गरेको भएपनि यस्तो खालको घटना चाँहि आफूले दोस्रो पटक देखेको जोन एफ केन्नेडी विमानस्थलमा पशु क्वारेनटिन र निर्यात विभागका प्रमुख जोन कुटिसेल्ली भन्छन् ।
केही गरेर पनि घोडालाई स्टलमा फर्काएर बाँध्न नसकेपछि विमानलाई फर्काइयो । ‘विमान उडाउन हामीहरूलाई कुनै समस्या छैन, तर हामीले घोडालाई बाँध्न सकेनौँ,’ एक जना पाइलटले भनेका थिए । सो विमान सोही दिन ३ घण्टा पछि पुनः उडेको थियो । यस्तो खालको घटना नयाँ भने होइन । सन् २०२३ को अक्टोबरमा बैंककबाट उडेको भियतजेटमा एउटा अटर र मुसा भागेपछि विमानभित्र हङ्गामा मच्चिएको थियो । बग्दादबाट दुबईतिर गइरहेको एउटा विमानमा क्रेटमा राखिएको बाघको बच्चा भागेपछि पनि विमानभित्र खैलाबैला भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण