उपत्यकाबाट एक करोड रुपैयाँभन्दा बढीको धनमाल चोरी
काठमाडौँ । उपत्यकामा तीन साताको अवधिमा १ करोड भन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि बिहीबारसम्म कुल १ करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीका अनुसार काठमाडौँको २० स्थानबाट २७ लाख ७९ हजार ४४५ बराबरको धनमाल चोरी भएको छ । यस्तै ललितपुरको १० स्थानबाट २५ लाख ३० हजार ७५० बराबरको चोरी हुँदा भक्तपुरको ७ स्थानबाट ५० लाख ५६ हजार बराबरको चोरी भएको छ ।
ती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै काठमाडौँका ५ स्थानमा लुटपाट हुनुका साथै ती घटनामा ३ जना पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।
यसैबीच सोही अवधिमा काठमाडौँमा ८ स्थानमा आगलागीको घटना भएको छ । यस्तै ललितपुरमा ४ तथा भक्तपुरमा २ स्थानमा आगलागीको घटना भएको छ । यस्तै आगलागीमा परी भक्तपुरको लोकन्थली एक जनाको मृत्यु हुनुका साथै अनुमानित कुल ८ करोड ७७ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।
सोही अवधिमा काठमाडौँमा सवारी साधन अनियन्त्रित भएर ३९ वटा दुर्घटना भएका छन् भने १ जनाको मृत्यु र ८ जना पक्राउ परेका छन् । यस्तै अन्यसँग ठोक्किएर ९४ वटा दुर्घटना भएका छन् । जसमा घाइते ११८ जना , १ जनाको मृत्यु र ५५ जना पक्राउ परेका छन् ।
यस्तै ललितपुरमा अनियन्त्रित भएर १९ वटा दुर्घटना भएका छन् भने त्यसमा ११ जना घाइते हुनुका साथै ४ जनाको मृत्यु र ४ जना पक्राउ परेका छन् ।
यस्तै अन्यसँग ठोक्किइभएको दुर्घटना संख्या ३० वटा रहेका छन् । जसमा ३४ जना घाइते हुनुका साथै १४ जना पक्राउ परेका छन् । यसैगरी भक्तपुरमा अनियन्त्रित भएर १६ वटा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् भने ४ जना पक्राउ परेका छन् ।
यस्तै अन्यसँग ठोक्किई भएको दुर्घटना संख्या ६८ वटा रहेको प्रहरीले जनाएको छ । जसमा १०२ जना घाइते हुँदा मृत्यु हुनेको संख्या १ जना रहेको छ । यस्तै सो घटनामा २४ जना पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण