बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र ४ आतङ्ककारी मारिए

बिहीबार, ३० कात्तिक २०८०, १९ : ५९
बिहीबार, ३० कात्तिक २०८०

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार सुरक्षा बल र आतङ्ककारीहरू बीचको दुईवटा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र चार जना आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

उक्त घटनामध्ये एउटा प्रान्तीय राजधानी सहर पेशावरको बाहिरी भागमा भएको थियो । जहाँ सुरक्षा बलहरूले आतङ्ककारीहरू रहेको गुप्त सूचनाका आधारमा कारबाही सञ्चालन गरिएको थियो ।

उक्त कारबाहीका क्रममा गोलाबारी सुरु भएको र अत्यधिक खोजीको सूचीमा रहेका चार जना आतङ्ककारीहरू मारिएको जनाइएको छ । 

"ती आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ । ती आतङ्ककारीहरू त्यस क्षेत्रमा फिरौती, हत्या र लुटपाटका गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए," विज्ञप्तिमा भनिएको छ।

अर्को कारबाही प्रान्तको डेरा इस्माइल खान जिल्लामा सञ्चालन गरिएको थियो । जहाँ आतङ्कवादीहरूसँगको तीव्र दोहोरो भीडन्तमा एक जना सैनिकको मृत्यु भएको  आईएसपीआरले जनाएको छ । 

उक्त विज्ञप्तिमा भनिएको छ,"पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध भएकाले यस कारबाही तीव्र पारिएको छ ।"-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप