पाकिस्तानमा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र ४ आतङ्ककारी मारिए
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार सुरक्षा बल र आतङ्ककारीहरू बीचको दुईवटा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र चार जना आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।
उक्त घटनामध्ये एउटा प्रान्तीय राजधानी सहर पेशावरको बाहिरी भागमा भएको थियो । जहाँ सुरक्षा बलहरूले आतङ्ककारीहरू रहेको गुप्त सूचनाका आधारमा कारबाही सञ्चालन गरिएको थियो ।
उक्त कारबाहीका क्रममा गोलाबारी सुरु भएको र अत्यधिक खोजीको सूचीमा रहेका चार जना आतङ्ककारीहरू मारिएको जनाइएको छ ।
"ती आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ । ती आतङ्ककारीहरू त्यस क्षेत्रमा फिरौती, हत्या र लुटपाटका गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए," विज्ञप्तिमा भनिएको छ।
अर्को कारबाही प्रान्तको डेरा इस्माइल खान जिल्लामा सञ्चालन गरिएको थियो । जहाँ आतङ्कवादीहरूसँगको तीव्र दोहोरो भीडन्तमा एक जना सैनिकको मृत्यु भएको आईएसपीआरले जनाएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ,"पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध भएकाले यस कारबाही तीव्र पारिएको छ ।"-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण