अस्कलका क्याम्पस प्रमुखलाई आक्रमण गर्ने विद्यार्थी नेता धरौटीमा रिहा
शुक्रबार, ०१ मङ्सिर २०८०, १३ : ४४
काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) का क्याम्पस प्रमुखलाई आक्रमण गर्ने विद्यार्थी नेता धरौटीमा रिहा भएका छन् । लैनचौरस्थित अमृत साइन्स क्याम्पसका प्रमुख डा.लोकबहादुर बराललाई आक्रमण गरेको आरोपमा प्रहरीले कमलराज जोशीलाई पक्राउ गरेको थियो ।
२६ वर्षीय जोशीलाई टोखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । नेकपा एमाले निकट अनेरास्ववियुमा आवद्ध जोशीलाई घटना भएको करिब ३ महिनापछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपछि उनलाई अभियोगपत्रसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले उनलाई धरौटीमा रिहा गर्ने आदेश गरेका हुन् । बझाङ घर भएका जोशी क्याम्पसको स्ववियु सभापतिमा पराजित उम्मेद्वार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण