बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चाडपर्व मनाएसँगै काठमाडौँ फर्किनेको भीड, तस्बिरहरु

शुक्रबार, ०१ मङ्सिर २०८०, १४ : २६
शुक्रबार, ०१ मङ्सिर २०८०

काठमाडौँ । नेपालीहरूको महान् चाड विजया दशमी र दीपावली मनाएर काठमाडौँ उपत्यका फर्किनेहरुको संख्या बढेको छ ।  

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका हुन् । सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरुको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरु राजधानीका सडकहरुमा बाक्लै देखिन्छन् । 

सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै काठमाडौँ उपत्यकाभित्र बसेर कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थालेका छन् । काठमाडौँ उपत्यकाभित्र छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा शुक्रबार घरबाट काठमाडौँ फर्किनेहरुको चहलपहल बाक्लो देखिन्छ ।

kathmandukathmandu1kathmandu2kathmandu3kathmandu4kathmandu5kathmandu6kathmandu7kathmandu8kathmandu9kathmandu10kathmandu11kathmandu12

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप