सोमालियामा भारी वर्षा : बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु
मोगादिसु । सोमालियामा अक्टोबरकोदेखि सुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको ज्यान गएको छ । वर्षाजन्य विपत्तिका कारण ५० लाखभन्दा बढी विस्थापित भएको राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ ।
सोमालिया विपद् व्यवस्थापन एजेन्सीले सोमालियाका अन्य भागहरूमा पहिरो र बाढीका कारण बालीनाली र पशुधन नष्ट भएको बताएको छ।
सोमालियाको राजधानी मोगादिसुमा बिहीबार साँझ पत्रकारहरूलाई सोमालियाका आयुक्त मोहम्मद मोआलिमले भनेका छन्,'देशमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको छ र आधा लाखभन्दा बढी नागरिक विस्थापित भएका छन्।'
विस्थापनका कारण बढ्दो मानवीय आवश्यकता र सम्पत्तिको थप विनाश हुन सक्ने संयुक्त राष्ट्रको चेतावनी पछि एजेन्सीले बाढी पीडितहरूलाई मद्दत गर्न दक्षिणी सोमालियाको बर्धेरे जिल्लामा राहत कार्गो विमान पठाएको छ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) ले भारी वर्षा र बाढीका कारण १२ लाख ४० हजार मानिस प्रभावित भइसकेको र अझै बढी हुने अनुमान गरेको छ ।
संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूको अनुमान अनुसार चालू डेयर (अक्टोबर देखि डिसेम्बर) वर्षाको मौसममा बाढीबाट १६ लाख मानिस प्रभावित हुन सक्ने र १५ लाख हेक्टर खेतीयोग्य जमिन नष्ट हुन सक्नेछ ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनले व्यवस्थापन गरेको सोमालियाको जल तथा भूमि सूचना व्यवस्थापनले सोमबार जारी गरेको जानकारी अनुसार बर्धेरे र डाउनस्ट्रीममा साकोव र बुवालेमा म्याग्निच्युड बढ्दै जाँदा जुबा नदीमा ठूलो बाढी आएको बताइएको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण