बेलिङह्यामलाई सन् २०२३ को गोल्डन ब्वाई अवार्ड
काठमाडौँ । इंग्ल्याण्ड र रियल मड्रिडका फरवार्ड जुड बेलिङह्यामले सन् २०२३ को गोल्डन ब्वाई अवार्ड हात पारेका छन् । यो अवार्ड युरोपको शीर्ष लिगमा खेल्ने २१ वर्षभन्दा कम उमेरका खेलाडीलाई दिइन्छ । कोलम्बिया र रियल मड्रिडकी १८ वर्षीया फरवार्ड लिन्डा काइसेडोले गोल्डन गर्लको उपाधि हात पारिन् ।
२० वर्षीय बेलिङह्यामले यो सिजन बोरुसिया डर्टमण्डबाट रियल आएयता १४ खेलमा १३ गोल गरिसकेका छन् । गत अक्टोबरमा आयोजित बोलोन डी’ओरमा पनि उनी २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
सन् २०१४ मा राहिम स्टर्लिङले पछि यो अवार्ड हात पार्ने उनी पहिलो इंग्ल्सि खेलाडी हुन् । यो अवार्ड जित्ने अन्य खेलाडीमा वेयन रुनी, लियोनेल मेस्सी, किलियान एम्बाप्पे र अर्लिङ हालान्ड रहेका छन् ।
म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले गोल्डन प्लेयर म्यान अवार्ड हात पारे । २२ वर्षीय खेलाडीले प्रिमियर लिगको पहिलो सिजनमा ५३ खेलमा ५२ गोल गरेका थिए । त्यस्तै, बार्सिलोना र स्पेनका मिडफिल्डर एईटाना बोनमाटीले गोल्डन प्लेयर वुमन अवार्ड जितिन् । गत महिना २५ वर्षीया खेलाडीले बालोन डी’ओर अवार्ड पनि जितेकी थिइन् । उनले क्लबलाई लिग र च्याम्पियन्स लिग जिताउनुका साथै स्पेनलाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण