केनको गोलमा इंग्ल्याण्ड विजयी
लण्डन । इंग्ल्याण्डले कमजोर मानिएको माल्टालाई युरो २०२४ को छनोट खेलमा पराजित गरेको छ । यसअघि नै प्रतियोगितामा छनोट भएको इंग्ल्याण्डले आफ्नो घरेलु मैदानमा २–० जीत हासिल गरेको हो ।
खेलको आठौँ मिनेटमा नै फिल फोडेनको पासलाई माल्टाका डिफेन्डरले एनरिको पेपेले आफ्नो पोस्टमा छिराएका थिए । तर, विश्व वरीयतामा १७१ औँ स्थानमा रहेको माल्टाको पोस्टमा ग्यारेथ साउथ गेटको टोलीले पहिलो एक घण्टासम्म कुनै प्रहार गर्न सकेन ।
दोस्रो हाफको ७५ औँ मिनेटमा बुकायो साकाको पासमा ह्यारी केनले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । इंग्ल्याण्डका लागि उनको यो ६२ औँ गोल थियो ।
समूह सीमा रहेको माल्टा छनोट खेलमा हालसम्म कुनै खेल जित्न सकेको छैन । यस क्रममा टोलीले मात्र दुई गोल गरेको छ ।
जीतपछि इंग्ल्याण्ड १९ अङ्कसहित समूहको शीर्ष स्थानमा छ । टोलीले युरो २०२४ को ड्रमा सिडेड टोलीका रूपमा रहने सम्भावना कायम राखेको छ । १० समूह विजेतामध्ये ५ वटा टोलीमात्र ‘सिडेड’ टोलीका रूपमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण