अध्यक्ष ओलीको प्रश्न : भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपति किन जानुपर्यो ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरेका छन् ।
शनिबार काठमाडौँमा भएको एमालेको जनसंगठनको विशेष बैठकलाई सम्बोधन गर्दै उनले ओलीले भने–‘किन गएका राष्ट्रपति ? राष्ट्रपति किन जानुभयो ? कति मान्छे मरे भन्ने उहाँले सुन्नु भएकै थियो, टेलिभिजन हेर्नुभएकै थियो । कति घर भत्किए सुन्नुभएकै थियो । कति के भयो सुन्नुभएकै थियो । त्यो भन्दा अगाडि खबर आइसकेकै थियो, नेताहरूको भीडले, नेताको चाकडीमा सेना प्रहरी त्यहाँ खट्नुपर्दा भूकम्प प्रभावितलाई काम गर्न पाइएन भन्ने आएकै थियो । उहाँहरू अस्पतालमा बिरामी हेर्न जाने नाउँमा अस्पतालका सारा डाक्टरहरू उहाँलाई ब्रिफिङ गर्न आउनुपर्ने, माओवादी त्यहाँ गयो भनेर कांग्रेस किन जानुपर्ने राष्ट्रपति ज्यू ? उहाँ राष्ट्रपति भएर त्यहाँ जानुभएन, कांग्रेस छुट्यो भनेर जानुभयो ।’
अध्यक्ष ओलीले अगाडि भने–‘म यो किन भन्दैछु भने राष्ट्रपतिज्यूले तनहुँमा गएर घण्टीको यत्रो बिगबिगी भएको बेला कांग्रेसलाई भोट दियौ मतदाताहरूलाई धन्यवाद दिन्छु भनेर रुखमा भोट हालेकोमा धन्यवाद दिनुभयो । कति निष्पक्ष राष्ट्रपति होला, उहाँको निष्पक्षताको त कुरै नगरौँ ।’
अध्यक्ष ओलीले एक वर्ष नपुग्दै अलोकतान्त्रिक र पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाए । उनले संविधान अनुसार राष्ट्रपति, सरकार र राज्यका निकाय नचलेको बताए । उनले जाजरकोटमा माओवादीका मन्त्री, सांसद, नेता हेलिकोप्टरमा खाँदेर जाजरकोट घुम्न गएको आरोप समेत लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समयमै काम नसकिएपछि थपियो फ्लडलाइट सहितको रङ्गशाला बनाउन दुई महिना
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री
-
व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति
-
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिनुहुँदैन : सभापति देउवा
-
शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार