अध्यक्ष ओलीको प्रश्न : भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपति किन जानुपर्यो ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरेका छन् ।
शनिबार काठमाडौँमा भएको एमालेको जनसंगठनको विशेष बैठकलाई सम्बोधन गर्दै उनले ओलीले भने–‘किन गएका राष्ट्रपति ? राष्ट्रपति किन जानुभयो ? कति मान्छे मरे भन्ने उहाँले सुन्नु भएकै थियो, टेलिभिजन हेर्नुभएकै थियो । कति घर भत्किए सुन्नुभएकै थियो । कति के भयो सुन्नुभएकै थियो । त्यो भन्दा अगाडि खबर आइसकेकै थियो, नेताहरूको भीडले, नेताको चाकडीमा सेना प्रहरी त्यहाँ खट्नुपर्दा भूकम्प प्रभावितलाई काम गर्न पाइएन भन्ने आएकै थियो । उहाँहरू अस्पतालमा बिरामी हेर्न जाने नाउँमा अस्पतालका सारा डाक्टरहरू उहाँलाई ब्रिफिङ गर्न आउनुपर्ने, माओवादी त्यहाँ गयो भनेर कांग्रेस किन जानुपर्ने राष्ट्रपति ज्यू ? उहाँ राष्ट्रपति भएर त्यहाँ जानुभएन, कांग्रेस छुट्यो भनेर जानुभयो ।’
अध्यक्ष ओलीले अगाडि भने–‘म यो किन भन्दैछु भने राष्ट्रपतिज्यूले तनहुँमा गएर घण्टीको यत्रो बिगबिगी भएको बेला कांग्रेसलाई भोट दियौ मतदाताहरूलाई धन्यवाद दिन्छु भनेर रुखमा भोट हालेकोमा धन्यवाद दिनुभयो । कति निष्पक्ष राष्ट्रपति होला, उहाँको निष्पक्षताको त कुरै नगरौँ ।’
अध्यक्ष ओलीले एक वर्ष नपुग्दै अलोकतान्त्रिक र पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाए । उनले संविधान अनुसार राष्ट्रपति, सरकार र राज्यका निकाय नचलेको बताए । उनले जाजरकोटमा माओवादीका मन्त्री, सांसद, नेता हेलिकोप्टरमा खाँदेर जाजरकोट घुम्न गएको आरोप समेत लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण